बलात्कार अभियुक्त कांग्रेस नेता गौतम कारागार चलान

बलात्कार अभियुक्त कांग्रेस नेता गौतम कारागार चलान

दाङ : बलात्कारको आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा कांग्रेस दाङका जिल्ला सदस्य शेषमणि गौतमलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

जिल्ला अदालतले शुक्रबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा– ५ रातोडाँडा निवासी गौतमलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो।

असार १, २०८० शुक्रबार २१:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।