‘आदिपुरुष’को मूल भागबाट विवादित अंश नहटेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्न माग गर्दै मन्त्रालयलाई बालेनको पत्र

‘आदिपुरुष’को मूल भागबाट विवादित अंश नहटेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्न माग गर्दै मन्त्रालयलाई बालेनको पत्र

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले दक्षीण भारतीय फिल्म ‘आदिपुरुष’को मूल भागबाटै विवादित अंश नहटेसम्म देशभर प्रदर्शन रोक्न माग गरेका छन्।

चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट नहटेसम्म नेपालमा कुनै पनि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका हुन्।

उनले विवादित संवाद हटाउनका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन्। उक्त चलचित्र यथावत् अवस्थामा प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाइ छ।

चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बालेनले उल्लेख गरेका छन्।

असार १, २०८० शुक्रबार १९:३५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।