नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीशको आदेश- ‘दुई जनालाई छाड्नू’

नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीशको आदेश- ‘दुई जनालाई छाड्नू’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो बहसपछि १६ जनालाई थुनामा राखेर लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो।

महर्जनलाई पाँच लाख र गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिइएको हो।

इजलासले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

हाइप्रोफाइल जोडिएको यस मुद्दामा प्रतिवादीहरूले बहसका लागि वकिलहरूले लस्कर लगाएका थिए। यद्यपि उनीहरूको प्रयास सफल भएन।

असार १, २०८० शुक्रबार १८:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।