लुम्बिनी सरकारले २ अर्ब घटाएर ल्यायो बजेट (पूर्णपाठ)
बुटवल : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रूपैयाँको बजेट ल्याएको छ।
अघिल्लो वर्ष ४२ अर्ब ४३ करोड रुपैयाँको बजेट ल्याएको सरकारले यस वर्ष २ अर्ब घटाएर ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको हो।
लुम्बिनी प्रदेश सभामा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड, पूँजीगत तर्फ २३ अर्ब २५ करोड र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए।
जसमध्ये कुल बजेटको ३३ दशमलव ६८ प्रतिशत नियमित खर्च हुने भएको छ भने पूँजीगत तर्फ ५७ दशमलव ४५ प्रतिशत रहेको छ।
स्रोतमध्ये आन्तरिकतर्फ ६ अर्ब ७३ करोड, राजश्व बाँडफाँडबाट ११ अर्ब ३१ करोड रूपैयाँ, रोयल्टीबाट २९ करोड, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड रूपैयाँ रहेको छ।
कुन मन्त्रालयमा कति बजेट?
संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब १४ करोड, शसर्त अनुदानबाट ५ अर्ब ८३ करोड, समपुरक अनुदानबाट ८४ करोड र विषेश अनुदानबाट ५६ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
त्यसबाहेक चालू आर्थिक वर्षको सञ्चित ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड रूपैयाँ परिचालन हुने अनुमान गरिएको छ।
चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरेको थियो।
बजेटले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको अर्थमन्त्री मास्कीले बताए।
बजेटको पूर्णपाठ:-
असार १, २०८० शुक्रबार १८:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।