चापकलले टाउकाेमा हानेर सँगै बस्ने साथीको हत्या, एक जनाकाे मृत्यु

चापकलले टाउकाेमा हानेर सँगै बस्ने साथीको हत्या, एक जनाकाे मृत्यु

बुटवल : रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

तिलोत्तमा–१६ पूर्व बहियाका १८ वर्षीय सुमन कुँवरकाे हत्या आरोपमा प्रहरीले उनीसँगै बस्ने २६ वर्षीय ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेकाे हो।

अभियुक्त कुँवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी फरार भएकोमा प्रहरीले मंगलबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको उनले बताए।

जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

असार १, २०८० शुक्रबार १६:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।