वीरेन्द्रनगर उपत्यकाभित्र सुरु गरियो नगर बस सेवा

वीरेन्द्रनगर उपत्यकाभित्र सुरु गरियो नगर बस सेवा

सुर्खेत : वीरेन्द्रनगर उपत्यकामा शुक्रबारदेखि नगर बस सेवा संचालन गरिएको छ।

संयुक्त यातायात व्यवस्थापन समितिले वीरेन्द्रनगर उपत्यकामा पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमल रुटमा सेवा सुचारु गरेको हो।

समितिले  उपत्यकाभित्र चल्ने नगर बसको भाडा रुटअनुसार २० रुपैयाँदेखि ५५ रुपैयाँसम्म तोकेको छ। दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट-मंगलगढी-मुलपानी-प्रदेश अस्पताल-कुमाइचोक भएर हिलेखाली चोकबाट बाङ्गेसिमल हुँदै पुन: सोही रूट भएर गाडीहरू चल्नेछन्।

वीरेन्द्रनगरमा अटोले मनोमानी गर्न थालेको गुनासो बढ्न थालेपछि सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गरिएको संयुक्त यातायात व्यवस्थापन समितिले जनाएको छ।

असार १, २०८० शुक्रबार ११:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।