कार्कीलाई प्रश्न - ‘अदालतको बिचौलिया कानुन व्यवसायी हुन् कि राजनीतिक दलका प्रतिनिधि?’

कार्कीलाई प्रश्न - ‘अदालतको बिचौलिया कानुन व्यवसायी हुन् कि राजनीतिक दलका प्रतिनिधि?’

काठमाडौं : एमाले सांसद ईश्वरी घर्तीले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अदालतका बिचौलिया कानून व्यवसायी हुन् कि राजनीतिक दलका प्रतिनिधि भनेर प्रश्न गरेकी छन्।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा कार्कीसँगको सवाल जवाफको क्रममा उनले कार्कीलाई यो प्रश्न गरेकी हुन्।

उनले भनिन्, ‘अदालतमा बिचौलिया भएको स्वीकार गर्नुभएको छ। ती बिचौलिया को हुन्? कानुन व्यवसायी हुन् कि राजनीतिक दल? यसबारेमा जनताले जान्न पाउनुपर्छ। बिचौलियालाई अदालतमा रोक्नका लागि अहिलेसम्म के गर्नुभयो?’

‘राजनीतिक मुद्दा सेटिङबाट फैसला हुन्छन् भन्छन्, यो कुरा खास के हो? कहिलेकाहिं त्यस्तो पुष्टि पनि भएको देखिन्छ। कसरी तोड्नुहुन्छ यो सेटिङ?’ उनले थप सोधेकी थिइन्।

असार १, २०८० शुक्रबार ११:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।