बालेनको धम्कीले रोकियो फिल्म ‘आदिपुरुष’को बिहानी शो, ६ हजारले गरेका थिए बूकिङ

बालेनको धम्कीले रोकियो फिल्म ‘आदिपुरुष’को बिहानी शो, ६ हजारले गरेका थिए बूकिङ

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि भारतीय फिल्म ‘आदिपुरुष’ को शुक्रबारको बिहानी शो रोकिएको छ।

सामाजिक सञ्जालमा भइरहेको विरोध र भारतमा समेत सीता भारतीय छोरी भन्ने डायलग नहटाए काठमाडौं महानगरमा यी फिल्म चल्न नदिने शाहको चेतावनीपछि काठमाडौंभित्र शुक्रवारको बिहानी शो रोकिएको हो।

शुक्रबार बिहानका लागि करिब ६ हजार जनाले टिकट बुकिङ गरिसकेका थिए। 

शुक्रबार चलचित्र संघले काठमाडौंमा फिल्मको बिहानी शो स्थगित गर्न र काठमाडौं बाहिर परिस्थिति हेरेर फिल्म चलाउन निर्देशन दिएको थियो।

संघको निर्देशनपछि क्यूएफएक्स, आइएनआई, बिग मूभिजसहितका मल्टिप्लेक्सले बिहानी शो स्थगित गरे। यही विषयमा संघको आकस्मिक बैठक बस्दैछ। संघको निर्णयपछि फिल्म प्रदर्शनबारे निर्णय हुनसक्छ।

सो संवादबारे सेन्सर बोर्डले समेत आपत्ति जनाएको थियो। पछि म्युट गरेपछि फिल्मको सेन्सर पास भएको थियो।
सेन्सर पास भए पनि शाहले नेपालमा मात्र हैन भारतमा प्रदर्शन हुने फिल्ममा समेत शो शब्द हटाउन तीन दिने म्याद दिएका थिए।

असार १, २०८० शुक्रबार १०:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।