आदिपुरुष नेपाल ल्याउने बैंकटेश इन्टरटेनमेन्टका मनोज र उज्ज्वल, मूल्य ३० लाख भारु !
काठमाडौँ : मनोज शर्मा र उज्ज्वल पौडेलको कम्पनी बैंकटेश इन्टरटेन्मेन्ट प्रालीले आदिपुरुष नेपाल ल्याएको खुलेको सीता भारतीय छोरी भन्ने संवादले यो फिल्म विवादमा परिरहेको छ।
चलचित्र विकास बोर्डका अधिकृत गिरीश शर्माका अनुसार बोर्डमा सोही प्रालीको नाममा विदेशी मुद्रा सटही गरिएको विदेशी फिल्म नेपालमा प्रदर्शन गर्न विदेशी मुद्रा सटही गर्न बोर्डले अनुमति दिनुपर्छ।
बोर्डको रेकर्डमा सो फिल्मको भुक्तानीका लागि ३० लाख भारतीय रूपैयाँ सटहीको अनुमति लिएको देखिन्छ।
तर नेपालमा पछिल्लो समय दक्षिण भारतीय फिल्मको बढ्दो क्रेजले ती फिल्मको नेपालमा प्रदर्शन गर्ने अधिकार बापतको मूल्य पनि आकासिएको छ।
एक करोड भारु घटीमा फिल्मको नेपाल अधिकार पाउन सम्भव छैन। तर बोर्डले अधिकतम ३० लाख भारु भन्दा बढी सटहीको सुविधा नदिने हुँदा हरेक फिल्मको मूल्य यति नै देखाइन्छ।
असार १, २०८० शुक्रबार १०:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।