ग्रिसमा आप्रवासी चढेको डुंगा दुर्घटना, ७९ जनाको मृत्यु, सयौंको अवस्था अज्ञात

ग्रिसमा आप्रवासी चढेको डुंगा दुर्घटना, ७९ जनाको मृत्यु, सयौंको अवस्था अज्ञात

काठमाडौं : ग्रिसमा आप्रवासी तथा शरणार्थीहरु चढेको डुंगा दुर्घटना हुँदा हालसम्म ७९ जनाको मृत्यु भएको छ भने सयौंको अवस्था अज्ञात रहेको छ।

हराइरहेका मध्ये १०० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ। माछा मार्ने डुंगामा ७५० जना सवार थिए। क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान गरिएको छ।

जसमध्ये १०४ जनालाई जीवितै उद्धार गरिएको र ७९ जनाको शव निकालिएको अलजजिराले जनाएको छ।

अन्य वेपत्ताहरुको खोजी कार्य जारी छ भने धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

असार १, २०८० शुक्रबार ०९:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।