‘बहालवाला न्यायाधीशको उच्छृंखल गतिविधि त सम्हाल्न सक्नुभएन, न्यायालय कसरी सम्हाल्नुहुन्छ?’

‘बहालवाला न्यायाधीशको उच्छृंखल गतिविधि त सम्हाल्न सक्नुभएन, न्यायालय कसरी सम्हाल्नुहुन्छ?’

काठमाडौं : एमाले सांसद महेश बर्तौलाले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायाधीशको उच्छृंखल गतिविधि सम्हाल्न नसक्नेले कसरी न्यायालय सम्हाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा सांसद बर्तौलाले कार्कीलाई यस्तो प्रश्न गरेका हुन्।

‘बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीश विरुद्धमा उजुरी दिएर उजुरीकर्ताको नेतृत्व गर्दै सार्वजनिक मिडियामा अन्तवार्ता समेत दिनुभयो,’ उनले भने, ‘न्यायालयभित्र सिटिङ न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशका विरुद्धमा मिडिया आएर प्रचारबाजी गर्दै उच्छृंखल, अनुशासनहीन, नैतिक आचरणभन्दा बाहिर गरेको गतिविधि नियन्त्रण नियनम गर्न सक्नुहुन्न भने प्रधाननन्यायाधीश भएपछि हामीले के अपेक्षा गर्ने? यो विषयालाई यहाँले कसरी हेर्नुहुन्छ?’

अर्का सांसद रमेशजंग रायमाझीले पनि सोही न्यायाधीशको बारेमा प्रश्न उठाउँदै के कारबाही हुन्छ र त्यसको कानूनी व्यवस्था के छ भन्दै प्रश्न गरे।

असार १, २०८० शुक्रबार ०९:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।