यी तीन प्रदेशमा वर्षाको सम्भावना

यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र कोशी प्रदेशका तराईसँगै बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका तराई, मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

असार १, २०८० शुक्रबार ०७:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।