प्रभातलाई रिहा गर्न अदालतकाे अनुमति, तर अझै रहनेछन् जेलमै

प्रभातलाई रिहा गर्न अदालतकाे अनुमति, तर अझै रहनेछन् जेलमै

काठमाडौं : अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत म्याग्दीले बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो।

अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन्। उनीविरुद्ध कास्कीमा जबरजस्ती करणीको मुद्दाको अनुसन्धान भइरहेको छ।

कास्की प्रहरीले उनीविरुद्ध लागेको जबरजस्ती करणीको आरोपमाथि अनुसन्धान गरिरहेको छ। उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै हुनेछन्।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन्।

युवतीले दर्ता गरेको जाहेरीमा अपहरण तथा शरीर बन्धक म्याग्दीमा भएको र बलात्कार कास्की जिल्लामा भएको उल्लेख थियो।

जेठ ३२, २०८० बिहीबार २१:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।