खेलको दोस्रो मिनेटमै मेस्सीको गोल, मैत्रीपूर्ण खेलमा अस्ट्रेलिया पराजित
काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गरेको छ।
चीनको राजधानी बेइजिङस्थित वर्कर्स रंगशालामा भएको खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको हो।
अर्जेन्टिनाको जितमा लिओनल मेसी र पेजेल्लाले गोल गरे।
मेसीले खेलको दोस्रो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई सुरुवातमै अग्रता दिलाए। ६८ मिनेटमा पेजेल्लाले अग्रता दोब्बर पारे।
अब अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ।
जेठ ३२, २०८० बिहीबार २०:५४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।