जानकीलाई ‘भारतीय छोरी’ भन्ने संवादका कारण नेपालमा फिल्म ‘आदिपुरुष’को सेन्सर भएन

जानकीलाई ‘भारतीय छोरी’ भन्ने संवादका कारण नेपालमा फिल्म ‘आदिपुरुष’को सेन्सर भएन

काठमाडौं : जानकी ‘भारतीय छोरी’ हुन् भन्ने भ्रमपूर्ण संवादका कारण दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को सेन्सर रोकिएको छ।

नेपालमा शुक्रबार रिलिज गर्न सो फिल्म नेपालको सेन्सर बोर्डमा पेश गरिएको थियो।

जानकी नेपालको जनकपुरमा जन्मिएको पौराणिक कथनमा अहिलेसम्म कतैबाट विवाद आएको छैन। तर, सो फिल्ममा जानकी भारतको छोरी भएको भ्रम फैलाइएको छ।

भ्रमपूर्ण संवादलाई कारण देखाउँदै बिहीबार नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिएन। बोर्डले सो संवाद हटाए मात्रै सेन्सर पासको प्रमाणपत्र दिने निर्णय गरेको छ।

बाेर्डले गरेको निर्णयबारे जानकारी दिँदै सेन्सरमा सहभागी एक अधिकारीले भने- ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रूपमा आवाजरहित (बीप) गर्न लगाएपछि मात्र सार्वजनिक प्रदर्शनको लागि अनुमतिको प्रमाणपत्र दिने निर्णय भयो।’

जेठ ३२, २०८० बिहीबार १९:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।