नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकियो, अब को जालान् जेल, को छुट्लान् धरौटीमा!

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकियो, अब को जालान् जेल, को छुट्लान् धरौटीमा!

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बहस सकिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा पक्राउ परेका १८ जना आरोपितको पक्ष-विपक्षको बहस सकिएको हो।

प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानका आधारमा दायर भएको अभियोग पत्रका आधारमा जेठ २१ देखि थुनछेक बहस भइरहेको थियो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितका कानून व्यवसायीहरूको बहस सकियो।

बिहीबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, समशेर मियाँ, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरीको पक्ष र विपक्षमा बहस सकिएको हो।

अब शुक्रबार विहान सरकारी वकिलहरूको जवाफी बहस हुनेछ। त्यसपछि अदालतबाट थुनछेकको आदेश आउनसक्छ।

जवाफी बहसपछि १८ जना आरोपितमध्ये कसलाई पूर्पक्षका लागी थुनामा पठाउने, कसलाई धरौटी माग्ने अनी कसलाई सामान्य तारेखमा छाड्ने भन्ने आदेश आउन सक्नेछ।

यो प्रकरणमा मुद्दा दायर भएकामध्ये अझै १२ जना फरार छन्।

जेठ ३२, २०८० बिहीबार १९:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।