नाबालिकाको नक्कली प्रोफाइल बनाइ चरित्र हत्या गर्ने १८ वर्षीय किशोर पक्राउ

नाबालिकाको नक्कली प्रोफाइल बनाइ चरित्र हत्या गर्ने १८ वर्षीय किशोर पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरूबीच भएको अनलाइन  कुराकानी सम्पादन गरी, अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाएर बेइज्जत गरी चरित्रहत्या गरेको उजुरी परेको थियो।

उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

जेठ ३२, २०८० बिहीबार १९:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।