नेपाल–भारत विश्व मैत्री संघको अध्यक्षमा ज्योतिरत्न बज्राचार्य

नेपाल–भारत विश्व मैत्री संघको अध्यक्षमा ज्योतिरत्न बज्राचार्य

काठमाडौं : नेपाल–भारत विश्व मैत्री संघको अध्यक्षमा ज्योति रत्न बजाचार्य चयन भएका छन्।

बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट बज्राचार्यको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन भएको हो।

संघको सह–अध्यक्षमा जनकराज पराजुली ‘दिप’, उपाध्यक्षमा युवराज श्रेष्ठ,  प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी, महिला उपाध्यक्षमा राधादेवी पराजुली भण्डारी र जनजाती उपाध्यक्षमा ज्योति राज राई चयन भए।

त्यस्तै उपाध्यक्षहरूमा सिताराम पोखरेल, विश्व क्रान्ति सिंह र पुष्कर जंगम, महासचिवमा किरण राज रेग्मी, सह–महासचिवमा श्याम कुमार थापा, सह–सचिवमा राजेन्द्र प्रसाद शर्मा ढकाल र कोषाध्यक्षमा प्रबिन मैनाली चयन भए।

त्यसअघि नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नयाँ बानेश्वरको एभरेष्ट लञ्ज बारको सभाहलमा महाधिवेशनको उद्घाटन गरेकी थिइन्।

नेपाल र भारतसहित विश्वका देशहरूबीच भाइचारा र मैत्रीभाव कायम गराउन पहल गर्ने उद्देश्यसहित संघको स्थापना गरिएको नवनिर्वाचित महसचिव रेग्मीले जानकारी दिए।

जेठ ३२, २०८० बिहीबार १७:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।