कोशीमा अध्यादेशबाट ल्याइयो बजेट, धरानको खानेपानीका लागि ४ करोड विनियोजन

कोशीमा अध्यादेशबाट ल्याइयो बजेट, धरानको खानेपानीका लागि ४ करोड विनियोजन

काठमाडौं : कोशी प्रदेश सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट ल्याएको छ।

मन्त्रिपरिषद्को सिफासिरमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गरेसँगै मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

जनता समाजवादी दल र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

अल्पमतमा परेपछि बुधबार प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै मुख्यमन्त्रीले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएका हुन्।

बजेटमा कृषि क्षेत्रको विकासका लागि २ अर्ब ७ करोड विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धिका लागि विउविजन गुणस्तरीय बनाउने बजेटमा उल्लेख छ।

त्यसैगरी बजेटमा धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधानका लागि ४ करोड विनियोजन गरिएको छ। भूमिगत पानी उत्पादन र वितरण सुधारका लागि बजेट छुट्याइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

जेठ ३२, २०८० बिहीबार १७:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।