५० दिनका लागि प्रधानन्यायाधीश नियुक्त हुने कार्कीको २० पृष्ठ लामो कार्ययोजना

५० दिनका लागि प्रधानन्यायाधीश नियुक्त हुने कार्कीको २० पृष्ठ लामो कार्ययोजना

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीले बिचौलिया नियन्त्रणका काम गर्ने कार्ययोजना प्रस्तुत गरेका छन्।

बिहीबार संघीय संसदको सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै कार्कीले बिचौलियाका रूपमा पहिचान भएका व्यक्तिहरूको सूक्ष्म निगरानी गर्ने  प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘बिचौलियाको गतिविधिलाई नियन्त्रण गर्न मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्ने र न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने’, कार्कीको कार्ययोजनामा उल्लेख गरेका छन्।

२० पेज लामो उनको कार्ययोजनामा ‘बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधिहरूको सूक्ष्म निगरानी गर्ने’ उल्लेख छ।

गत वैशाख २५ गते प्रधानन्यायाधीशमा प्रस्ताव गरिएका कार्की संसदीय सुनुवाइबाट अनुमोदन भए आउँदो साउन १९ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा कार्कीले काम गर्नेछन्।

सुनुवाइ समितिमा रहने सांसदहरूले कार्कीलाई शुक्रबार प्रश्न सोध्नेछन्। अनुमोदन भएको खण्डमा उनी झण्डै ५० दिन सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेछन्।

जेठ ३२, २०८० बिहीबार १५:२२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।