महानगरले प्राधिकरणलाई सोध्यो- नयाँ भवनको नक्सापास छ/छैन?
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनको नक्सापास भए/नभएको बारे स्पष्टीकरण मागेको छ।
महानगरको सहरी व्यवस्थापन विभागले प्राधिकरणलाई काटिएको पत्रमा भनिएको छ, ‘काठमाडौं वडा नम्बर–९, सिनामंगलस्थित त्यहाँ प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ/छैन?’
विभागले नक्सापास गरेको भए प्रमाण र नगरेको भए जेठ ३ गतेबाट ३५ दिनभित्र नक्सापास गर्न निर्देशन दिएको छ।
‘नक्सापास भएको भए सोको प्रमाण र पास नभएको भए काठमाडौं महानगरपालिका कार्यालयको मिति २०८० जेठ ३ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबमोजिम नक्सापास गर्नुहुन निर्देशानुसार अनुरोध छ’, पत्रमा लेखिएको छ।
जेठ ३२, २०८० बिहीबार १४:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।