ओमानको आधा टोली आउट
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको दोस्रो वार्मअप खेलमा ओमानको आधा टोली आउट भएको छ।
नेपालविरुद्धको दोस्रो वार्मअप खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानको आधा टोली पेभेलियन फर्किएको हो।
२६औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले ओमानका सोहिब खानलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन्।
सोहिबले ६८ बल खेलेर ३८ रन बनाएका छन्। एक समय सात रन बनाएर चार विकेटमा खुम्चिएको ओमानले सोहिब र कप्तान जिसान मक्सुदले ८४ रनको साझेदारी खेले।
त्यसअघि सोमपाल कामीले तीन तथा करण केसीले एक विकेट लिएका थिए। २८ ओभरको समाप्तीमा ओमान १०१ रन बनाएर खेलिरहेको छ।
जेठ ३२, २०८० बिहीबार १४:४०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।