‘बल्छी ध्रुवेु’ र ‘राजु मास्टर’ पनि पक्राउ परे ‘वान एक्स बेट’को धन्दामा

‘बल्छी ध्रुवेु’ र ‘राजु मास्टर’ पनि पक्राउ परे ‘वान एक्स बेट’को धन्दामा

काठमाडौं : नेपालमा प्रतिबन्धित रहेको सट्टेबाजी गर्ने अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ को प्रचारमा संलग्न रहेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) पक्राउ परेका छन्।

यी दुईसँगै ८ जना कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले युट्युबमार्फत् ‘वान एक्स बेट विज्ञापन गर्ने गरेको पाइएको र थप अनुसन्धानका लागि पक्राउ गरिएको हो।

हिजो (बुधबार) ‘वान एक्स बेट’ मार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए।

जेठ ३२, २०८० बिहीबार १३:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।