कार्यालय समयमा बाहिर निस्किने सिंहदरबारका कर्मचारीहरूको विवरण टिप्न थालियो

कार्यालय समयमा बाहिर निस्किने सिंहदरबारका कर्मचारीहरूको विवरण टिप्न थालियो

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको छ।

सिंहदरबार भित्र कार्यालयको समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमा बसेर यस्तो विवरण टिप्न थालेको हो।

केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम,आइडी कार्डको विवरण, बाहिर निस्कने काम को प्रवृत्ति र समय टिप्न थालेको छ।

कर्मचारीहरु हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो बढेपछि सतर्कता केन्द्रले निगरानी र अनुगमन गरेको हो ।

जेठ ३२, २०८० बिहीबार १२:५५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।