वान एक्स बेटको अवैध धन्दा : ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा

वान एक्स बेटको अवैध धन्दा : ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा

काठमाडौं : विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’को प्रचारमा सहभागी भएको आरोपमा आठ कलाकारलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एसपी रविन्द्र रेग्मीका अनुसार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपालीलाई पक्राउ गरिएको हो।

आफ्नो यूट्युब च्यानलबाट प्रमोशन कोड लिएर जानाजान जुवा खेल्न सर्वसाधारणलाई प्रभावित पार्न सक्रिय देखिएपछि हास्यकलाकारहरू पक्राउ गरेको हो। पक्राउ परेका आठै जनालाई सट्टावाजी गराएको आरोप लागेको छ।

कार्यालयले बुधबार मात्र वान एक्स बेटमार्फत ६४ करोड बढि कारोबार गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ परेको थियो।

जेठ ३२, २०८० बिहीबार १२:३७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।