राष्ट्र बैंकले भन्योः अनधिकृत व्यक्तिको पहुँच बढ्यो, ओटीपी नम्बर कसैलाई नदिनू

राष्ट्र बैंकले भन्योः अनधिकृत व्यक्तिको पहुँच बढ्यो, ओटीपी नम्बर कसैलाई नदिनू

काठमाडौँः नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकलाई ठगिरहेको भन्दै राष्ट्र बैंकले सचेत गराएको हो।  

ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी र निश्चित अंकको नम्बर र नम्बर उल्लेख भएको म्यासेजजस्ता विवरण माग्ने गरिएकाले अनधिकृत व्यक्तिलाई त्यस्तो कुनै प्रकारको नम्बर नदिन केन्द्रीय बैंकले भनेको छ। 

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ- यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ र कनेक्ट आईपीएस र वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ।
यस सन्दर्भमा यस्ता ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नू र नगराउनू हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।'

जेठ ३२, २०८० बिहीबार ११:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।