मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं : डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारले मुख्य सचिवको पदमा नियुक्त गरेको छ।

आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहदरबारमा बसेको बैठकले ३ महिनापछि अवकाश पाउन लागेका हालका मुख्य सचिव​​​​​​​ शंकरदास बैरागीलाई ​​​​​​​भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको बताइएको छ।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव रहेका छन्।

जेठ ३२, २०८० बिहीबार १०:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।