प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ भोलि हुने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ भोलि हुने

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस गरिएका हरिकृष्ण कार्कीसँग सांसदहरुको सवाल जवाफ अब भोलि (शुक्रबार) हुने भएको छ।

कार्कीसँग प्रश्नोत्तरको आजको कार्यक्रम भोलि बिहान ८ बजेलाई सारिएको संसदीय सुनुवाइ समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए।

आज संसद् बैठक भएकाले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको हो।

कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना अनुभव सुनाउनुका साथै आफ्नो कार्ययोजना पेस गरेका छन्।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनकै अवस्थामा गत मंसिरमा अवकाश पाएपछि हाल कार्की नै कामु प्रधानन्यायाधीश छन्।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

जेठ ३२, २०८० बिहीबार १०:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।