अवैध औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

अवैध औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार उनीहरुलाई बुधबार पक्राउ गरिएको हो। 

‘दोधारा चाँदनी नगरपालिकाभित्र अवैध रुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ भारतीय नागरिकलाई औषधि सहित नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं।’

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास, निवास गाइन, निरञ्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्। 

जेठ ३२, २०८० बिहीबार ०८:४७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।