आजको मौसमः बिहानैदेखि बागमती र गण्डकीमा वर्षा, राति मधेश प्रदेशमा हल्का पानी पर्ने

आजको मौसमः बिहानैदेखि बागमती र गण्डकीमा वर्षा, राति मधेश प्रदेशमा हल्का पानी पर्ने

काठमाडौँः आज देशभरका सबै प्रदेशका केही स्थानमा हल्का तथा मध्यम वर्षा हुने सम्भावना छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ।

अहिले पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि यी स्थानहरूमा वर्षा हुने महाशाखाले जनाएको छ। 

आज राति कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

जेठ ३२, २०८० बिहीबार ०८:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।