कञ्चनपुरमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

कञ्चनपुरमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार उनीहरूलाई औषधिसहित नियन्त्रणमा लिइएको छ। उने भने, ‘उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ।'

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।

जेठ ३२, २०८० बिहीबार ०७:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।