मेयर बालेन बाबु बन्दै, बाहिरियो सविनाको बेबि बम्पसहितको तस्बिर

मेयर बालेन बाबु बन्दै, बाहिरियो सविनाको बेबि बम्पसहितको तस्बिर

काठमाडौँ : सविना काफ्लेको आफ्नै परिचय बन्दाबन्दै जीवनसाथी बालेन्द्र शाह बालेन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि 'महानगरकी भाउजू' को रूपमा बदलियो।

पब्लिक हेल्थमा मास्टर्स गरेकी उनी आफ्नै क्षेत्रमा सक्रिय थिइन्। समाजले उनका हरेक गतिविधिमा चासो पनि राख्दैनथ्यो।

जब मेयर पत्नीको परिचय हाबी भयो उनका पारिवारिक गतिविधि पनि समाजका लागि चासोको विषय बन्यो।

त्यसैले त अहिले उनै सविनाको बेबीबम्प देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। उनीसँगै बालेनले पनि बधाई पाइरहेका छन्।

सविना अहिले  सन्तानलाई जन्म दिने तयारीमा छिन्।

हरियो सिङ्गल पिसको ड्रेसमा सार्वजनिक भएको तस्बिरले उनी गर्भवती रहेको पुष्टि गरेको छ।

जेठ ३२, २०८० बिहीबार ०२:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।