सर्लाहीमा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयले सडकखण्ड अवरुद्ध पारे

सर्लाहीमा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु, स्थानीयले सडकखण्ड अवरुद्ध पारे

सर्लाहीः  बुधबार साँझ कारको ठक्करबाट सर्लाहीमा एक साइकलयात्रीको मृत्यु भएको छ।

कारको ठक्करबाट कविलासी नगरपालिकास्थित सलेमपुरका साइकलयात्री ६५ वर्षीय सोनेलाल रायको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने कार र चालक इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा आइसकेको छ।

स्थानीयले रायको शव घटनास्थलमै राखेर नाराबाजीसहित नवलपुर-मलंगवा सडकखण्ड अवरुद्ध गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिन अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पँजियारका अनुसार स्थानीयलाई सम्झाईबुझाई गरी शव घटनास्थलबाट उठाउने प्रयास भइरहेको छ। 

जेठ ३१, २०८० बुधबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।