सेवाग्राहीसँग ७० हजार रुपैयाँ लिएको अवस्थामा वडाअध्यक्ष र वडासचिव पक्राउ

सेवाग्राहीसँग ७० हजार रुपैयाँ लिएको अवस्थामा वडाअध्यक्ष र वडासचिव पक्राउ

धनुषा : नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन्। वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो।

दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो।

उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

जेठ ३१, २०८० बुधबार १९:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।