आफूहरूलाई पाखा लगाएको भन्दै नेफ्टा अवार्डको टिमबाट आर्यन फिल्म बाहिरियो

आफूहरूलाई पाखा लगाएको भन्दै नेफ्टा अवार्डको टिमबाट आर्यन फिल्म बाहिरियो

काठमाडौं : आगामी साउन ६ गते अमेरिकामा हुने भनिएको ‘११ औं संस्करणको नेफ्टा फिल्म अवार्ड’को टिमबाट आर्यन फिल्म बाहिरिएको छ। 

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) प्रमुख आयोजकमध्ये आर्यन फिल्मस् प्रोडक्सनले आफूलाई थाहै नदिई एकलौटी ढंगले भिसाको प्रोसेस गरेको, मिटिङमा आफूलाई नबोलाइएको आरोप लगाउँदै अवार्डबाट बाहिरको जनाएको हो। 

संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले उकेरासँगको कुराकानीमा भने, 'कार्यक्रमको आयोजक टिमले एकलौटी रुपमा अगाडि बढेको, काठमाडौंको सोल्टी होटलमा कार्यक्रम गर्दा १५ लाख बिल पे गरेको तर आयोजक अरू कसैले खर्च नगरेको कारण बाहरिएका हौँ।'

सम्पूर्ण खर्च आफैले गरेको तर कार्यक्रम गर्दा आफूहरूलाई पाखा लगाएकाले बहिष्कार गरेको उनले बताए। 

कसलाई लैजाने कसलाई नलैजाने भन्ने आफूलाई मतलब नभएको कटुवालले बताए। 

उनले यूएस खबर,फेम नेपाल,एन नेफ्टाले आफूले खर्च गरेको सबै (१५ लाख) फिर्ता गर्नुपर्ने बताए। 

यस विषयमा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग फोन सम्पर्क गर्दा  उनको मोबाइल अफ थियो। 

जेठ ३१, २०८० बुधबार १८:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।