आधा किलो सुन जुत्ता लुकाएर जाँदै गरेका युवक समातिए

आधा किलो सुन जुत्ता लुकाएर जाँदै गरेका युवक समातिए

हेटौँडाः मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले आज उक्त परिमाणको सुनसहित युवकलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका गौतमले बताए। 

साहले जुत्ताको नोकभित्र पाँच सय ६१.३० ग्राम (आधा किलो) सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ।

जेठ ३१, २०८० बुधबार १४:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।