चीनामा चार महिनाको उपचारपछि नेपाल फर्किँदै पुन

चीनामा चार महिनाको उपचारपछि नेपाल फर्किँदै पुन
फाइल तस्बिर

काठमाडौं : चीनमा चार महिनासम्मको उपचारपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किँदै छन्।

वंशाणुगत रूपमा रहेको जन्डिसका बिरामी पुन गत फागुन १ गते उपचारका लागि चीन गएका थिए।

उनी चार महिनापछि असार १ गते बिहान ११ बजे एयर चाइनाको जहाजबाट काठमाडौं आउने तय भएको हो।

उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो।

पुनको बिलरुविन बढेर ४० पुगेको थियो। अहिले १ दशमलव ५ मा झरेको छ।

जेठ ३१, २०८० बुधबार १४:०४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।