कोशी सरकार जोगाउन मधेश प्रदेशमा एमाले रणनीति!

कोशी सरकार जोगाउन मधेश प्रदेशमा एमाले रणनीति!

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका विरुद्धमा एमालेले मधेश प्रदेशमा विश्वासको मत दिएको बताएका छन्।

कोशी प्रदेशतर्फ संकेत गर्दै पोखरेलले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको बताए।

एमालेले नै समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन बाध्य भएका मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार एमालेले पनि विश्वासको मत दिएको थियो।

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको कोशी प्रदेश अल्पमतमा छ। कोशीमा जसपाको जम्मा एक सिट छ।

उनले फेसबुकमा लेखेका छन्, ‘जसपा नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ। राजनीतिक अस्थिरताका विरुद्धमा एमालेले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’

मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका थिए। प्रदेशसभामा १०७ सांसद छन्।

जेठ ३१, २०८० बुधबार १२:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।