कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

काठमाडौँः नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ। 

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फलोअप) का लागि सिंगापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्म उनलाई पार्टीको कार्यवाहक सभापति तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

जेठ ३१, २०८० बुधबार १०:५०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।