घट्यो सुनचाँदीको मूल्य
काठमाडौं : कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।
बुधबार सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँ कमी आउँदा चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ पर्नेछ।
चाँदी भने १ हजार ४२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ हुँदा चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
जेठ ३१, २०८० बुधबार १०:४३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।