पूर्णबहादुर खड्का कांग्रेसको कार्यवाहक सभापति

पूर्णबहादुर खड्का कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं नीति तथा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति भएका छन्।

सभापति शेरबहादुर देउवाले आफू विदेश जानुपर्ने भएकाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि कार्यवाहक सभापति तोकेका हुन्।

सभापति देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिङ्गापुर उडेका छन्। उनीहरू एक सातापछि नेपाल फर्कने कार्यतालिका छ।

जेठ ३१, २०८० बुधबार १०:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।