जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, मोटरसाइकल चालक घाइते

जडिबुटीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, मोटरसाइकल चालक घाइते

काठमाडौं : काठमाडौंको जडिबुटीमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। १ जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौंको कोटेश्वर बस्ने दोलखाको शैलुङ्ग गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय झनक थापा मगर रहेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको गएराती सवा १० बजे मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक  काठमाडौंको मालीगाउँ बस्ने ४० वर्षीय कुमार थापा मगरको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ।

बा ५ ख ३४३७ नम्बरको टिपरले गएराती ९ बजे बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो।

घटनामा संलग्न दुर्व सवारी साधन र टिपर चालक प्रहरी वृत्त नयाँबानेश्वरको नियन्त्रणमा रहेका छन्।

जेठ ३१, २०८० बुधबार १०:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।