वर्षाको प्रभाव : मकवापुरमा पहिरो खस्यो, म्याग्दीमा मोटरेबल पुल बगायो

वर्षाको प्रभाव : मकवापुरमा पहिरो खस्यो, म्याग्दीमा मोटरेबल पुल बगायो
फाइल तस्बिर

काठमाडौं : वर्षायाम सुरु भएसँगै गएराति परेको वर्षाका कारण मकवानपुर र म्याग्दीमा सवारी आवागमन प्रभावित भएको छ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरो खसेको छ। बुधबार विहान पाँच बजे पहिरो खस्दा सिस्नेरी हुँदै हेटौंडा जाने र आउने सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गएरातिको भारी वर्षाका कारण भुरुङ खोलामा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ खोलाको मोटरेबल पुल बगाएको छ।

जसकारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन गएराती साढे १० बजेबाट प्रभावित भएको म्याग्दी प्रहरीले जनाएको छ। सवारी आवागमनको लागि वैकल्पिक ट्रयाक निर्माणको लागि पहल भइरहेको छ।

जेठ ३१, २०८० बुधबार १०:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।