राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।

मुटुमा समस्या देखा परेपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल विहान ८ बजे डिस्चार्ज भएका हुन।

अस्पतालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए।

उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखेका थिए।

जेठ ३१, २०८० बुधबार ०९:४०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।