धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान, ल्यायो यस्तो नीति

धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान, ल्यायो यस्तो नीति

एजेन्सी : जापानले बढीभन्दा बढी बच्चा जन्माउन आफ्ना नागरिकलाई प्रोत्साहन गरिरहेको छ।

त्यसका लागि सरकारले सहायता प्याकेजसमेत घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसंख्यासँग जुध्ने अन्तिम मौका भएको बताए। घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन्।

सरकारले बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्नेसमेत जनाएको छ। देशमा कर नबढाई नीति कार्यान्वयन गर्ने प्रधानमन्त्रीको योजना छ।

कतिपय विश्लेषकहरुले यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन्।

जेठ ३१, २०८० बुधबार ०७:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।