उपचारका लागि सिङ्गापुर उडे देउवा दम्पत्ती

उपचारका लागि सिङ्गापुर उडे देउवा दम्पत्ती

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराएका थिए।

देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जान लागिएको हो।

देउवाको साथमा पत्नी डा. आरजु देउवा पनि सिंगापुर गएकी छन्। उनीहरु एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।

जेठ ३१, २०८० बुधबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।