अस्पतालबाट डिस्चार्ज हुँदै राष्ट्रपति

अस्पतालबाट डिस्चार्ज हुँदै राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज गरिने भएको छ।

मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृद्य केन्द्रमा नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार भर्ना भएका उनी बुधबार (आज) डिस्चार्ज हुन लागेको अस्पतालले एक प्रेस नोट निकालेर जानकारी गराएको छ।

चिकित्सकहरूको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकन (अबजरभेसन)मा राख्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

केन्द्रले मंगलबार सार्वजनिक गरेकाे प्रेस नाेटअनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।

जेठ ३१, २०८० बुधबार ०७:०६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।