स्तनको आकार बढाउन चाहनेका लागि चार उपाय, खानादेखि मालिससम्म
काठमाडौँ : महिलाको स्तन प्रजनन र यौनसँग मात्र जोडिएको छैन। यो महिलाको सुन्दरतासँग पनि जोडिएको छ।
कसिलो अनि शरीरको आकार अनुसार स्तनको आकारले महिलालाई थप आकर्षक बनाउन सक्छ।
कुन महिलालाई कुन आकारको स्तनले थप सुन्दर देखाउन सक्छ भन्नेमा तौल अनि उचाइले पनि महत्त्व राख्छ।
कसिलो अनि मध्यम आकारको स्तन अधिकांश महिलालाई आकर्षक देखाउन सहयोगी हुनसक्छ।
प्राकृतिक वा उमेर अनुसार सानो या झोलिएको स्तन हुनसक्छ। जुन प्राकृतिक आकार छ त्यसैमा सन्तुष्ट हुनेहरू पनि नहुने हैन। कोही स्तनको आकार बढाउन चाहने पनि हुन्छन्। तर कसरी बढाउने? केही टिप्स।
१- कोबरा पोज एक्सरसाइज
स्तनको आकार बढाउन नियमित एक्सरसाइजले पनि सघाउँछ।
कसैको स्तनको विकास ठिकसँग नभएको हुनसक्छ। यस्तोमा दैनिक एक्सरसाइज गर्दा फाइदा हुन्छ। पुसअप, चेस्टप्रेस, कोबरा पोज एक्सरसाइज यसमा प्रभावकारी हुनसक्छ।
दैनिक आधा घण्टा यी अभ्यास गर्न सकिन्छ।
२- स्तन मसाज
अर्को उपाय हो स्तन मसाज। नियमित स्तन मसाजले स्तनको मांसपेशीमा रक्त सञ्चारमा सुधार गर्छ। त्यसले स्तनको मसल्स बढाउन सघाउँछ।
तोरीको तेल, नरिवल तेल, अलिभ ओयल जे आफूलाई सहज लाग्छ त्यसको प्रयोग गरेर मसाज गर्न सकिन्छ।
३-एस्ट्रोजन बढी भएका खाना
स्तनको आकारमा एक्स्ट्रोजनको पनि भूमिका हुन्छ। यो यौवनमा प्रवेश गराउने हर्मोन हो।
कुनै व्यक्तिमा यसको कमिको कारण पनि जुन रूपमा स्तनको आकार हुनुपर्ने हो त्यो रूपमा विकास नभएको हुनसक्छ।
यो समस्या समाधान गर्न सोया, तिल, तोफु, नट्स, सिफुड, सुप लगायतको खानाको मात्रा बढाउन सकिन्छ।
४-प्रोटिनको मात्रा बढाउने
मसल्सको आकार बढेमा स्तनको आकार बढ्न सक्छ। मसल्स बढाउन प्रोटिन बढाउन आवश्यक पर्छ।
यदि जुन रूपमा आफ्नो स्तनको आकार बढेको छैन भन्ने लाग्छ भने प्रोटिनको मात्रा बढी हुने खाना बढाउनु पर्छ।
दूध, दही, पनिर, अन्डासहित खाना बढाउँदा फाइदा हुनसक्छ।
जेठ ३१, २०८० बुधबार ००:४४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।