हिन्दी गीत ‘कृष्ण तेरी हो गई’मा राधा बनिन् अदिति
काठमाडौं : बलिउडमा जम्न संघर्षरत नेपाली अभिनेत्री अदिति बुढाथोकीले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी छन्। उनी अभिनीत नयाँ हिन्दी गीत ‘कृष्ण तेरी हो गई’ सार्वजनिक भएको हो।
उनी यस भिडियोमा भगवान् राधाको रूपमा देखिएकी छन्।
भिडियोका सुरुवातमा उनी भगवान् कृष्णको भक्तका रूपमा देख्न सकिन्छ। त्यसपछि उनलाई राधाका रूपमा चित्रण गरिएको छ। मुख्य भूमिकामा अभिनय गरेकी अदितिले राधाको भूमिकाले सुहाएको पनि देख्न सकिन्छ। उनको जोडीका रुपमा किन्शुक वैद्यलाई देख्न सकिन्छ। उनी यस भिडियोमा कृष्ण बनेका छन्।
भारतीय चर्चित गायिका असीस कौरको स्वरबद्ध रहेको गीतमा जानीको शब्द रचना, गौरव देव र कार्तिक देवको संगीत छ।
अदितिले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’ गरी दुई वटामा अभिनय गरेकी छन्।
नेपालीभन्दा उनको चाहना बलिउड फिल्ममा अभिनय गर्ने हो। उनले त्यहाँ म्युजिक भिडियो र वेब सिरिजमा काम गरे पनि फिल्ममा काम गर्ने अवसर भने पाएकी छैनन्।
पछिल्लो समय उनी हिन्दी वेब सिरिज ‘म्युजिक’को सुटिङमा समेत व्यस्त रहेकी छन्। उनले छिट्टै आफ्नै होम प्रोडक्सनमार्फत फिल्म ‘बाबरी २’ निर्माण गर्ने बताएकी छन्।
अदितिले यसअघि मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ मा पनि अभिनय गरेकी थिइन्।
जेठ ३०, २०८० मंगलबार २१:३०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।