पहिलो वार्मअप खेलमा युएईसँग ३ विकेटले हार्यो नेपाल
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको छ।
हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेट्टायो।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ७६ रन बनाएको थियो।
४४ ओभरमा ३ विकेटको क्षतिमा २३५ रन जोडेको नेपालले त्यसपछि ४१ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो।
जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो।
तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरन्यान्ड्ससँग खेलेको दुवै अभ्यास खेल हारेको थियो।
युएईले विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो।
नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ।
नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ।
जेठ ३०, २०८० मंगलबार २१:०२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।